कांग्रेस र देउवाको प्रशंसा गर्न लायक कदम
काठमाडौं । नेपाली कांग्रेस तथा त्यसका सभापति शेरबहादुर देउवाले ‘वाह’ भन्दै प्रशंसा गर्न लायक काम गरेका छन्। कांग्रेसले डा. गोविन्द केसीलाई अनसन त्याग्न आग्रह गर्दै केसीले उठाएका मुद्दा आफूले वरण गर्ने घोषणा गरेको छ ।
अनसनरत केसीलाई भेट्न बिहिबार सभापति देउवा गएका थिए । केसीलाई भेटेर उनले अनसन त्याग्न आग्रह गरेका थिए । देउवाले व्यक्तिगत रुपमा औपचारिकता पूरा गर्न मात्र अनसन त्यागको आग्रह नगरेको शुक्रबार कांग्रेस प्रवक्ताले पुष्टि गरेका छन् ।
याे पनि पढाैं-
ओलीले देउवाको ट्याक्टिस नबुझ्दा डा. केसीको नाममा संसद अवरुद्ध
पोखरामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार शर्माले डा. केसीलाई अनसन त्यात्न आग्रह गरेका छन् । शर्माले भने— ‘डा. केसीलाई मुद्दा छाड्नुस् भन्दैनौं तर अनसन त्याग्नुस् भन्छौं ।’
डा. केसीले अनसन थालेको आज २४ औं दिन हो । कांग्रेसले केसीको मुद्दासँग सम्बन्धित भएर बिहिबार प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रतिनिधिसभा वैठक अवरुद्ध गरेको थियो ।
संसदमा विधेयक रहुन्जेल कांग्रेसले डा. केसीलाई अनसन त्याग्न भनेको थिएन । संसदबाट पारित भएपछि भने केसीलाई अनसन त्याग्न आग्रह गरेको हो । यसको अर्थ के हो भने संसदबाट पारित भइसकेको विधेयक स्वीकार गर्नुपर्छ । कांग्रेसले घुमाउरो पाराले यही सन्देश दिन खोजेको छ र कांग्रेसको यो काम प्रशंशनीय ठानिएको छ ।
पोखरामा शर्माले केसीका माग भविष्यमा कांग्रेस सरकारले पूरा गर्ने दावी पनि गरे । भविष्यमा कांग्रेस सरकारले माग पूरा गर्ने भनेर शर्माले अब चिकित्सा विधेयकलाई कांग्रेसले स्वीकार गरेको घुमाउरो सन्देश पनि दिएका छन् ।
केसीलाई अनसन त्याग्न सत्तापक्षले निरन्तर आग्रह गरिरहेको छ भने प्रतिपक्षले पनि आग्रह गरेको छ । तर, केसीको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । बिहिबार सभापति देउवाले भेटिसकेपछि केसीले अनसन नत्याग्ने अडान लिएको भनी केसी निकटहरुले संचार माध्यममा बताएका छन् ।
‘केसीलाई अनसन त्याग भन्नु कांग्रेसको साहस हो र कांग्रेसले सैद्धान्तिक रुपमा भन्नुपर्ने पनि यही हो’— कांग्रेसका एक सांसदले सनराइज खबरसँग भने— ‘सभापति देउवा चाहिँदो नचाहिँदो मुद्दामा रुमलिइरहनुभएको थियो, अहिले ठिक ठाउँमा आइपुग्नुभयो ।’


प्रतिकृया दिनुहोस