• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

किसानकै पक्षमा काम गरिरहेका छौँ- मन्त्री रामनाथ अधिकारी

सनराइज खबर

सनराइज खबर

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले  मन्त्रालयले  किसानकै पक्षमा काम गरिरहेको बताउनुभएको छ ।

युवा किसान सञ्जालले आज यहाँ आयोजना गरेको किसान सम्मान एवं अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफुले मन्त्रालयको नेतृत्व सम्हालेको आठ महिनामा भएका कार्य समग्र कृषि र किसानको पक्षमा भएको बताउनुभयो । अझै थुप्रै कामहरु गर्न वाँकी रहेकाले सकारात्मक प्रतिफल देखिँदै जाने उहाँको भनाइ थियो । 

कृषि विधेयक चाँडै अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको जानकारी उहाँले दिनुभयो । विधेयक चाँडै मन्त्रिपरिषद हुँदै संसद्मा पुग्न लागेको र कृषिमार्फत गरिबी घटाउँदैै कम्तीमा आफ्नै हैसियतमा बाँच्न सक्ने अवस्थामा पुर्याउने लक्ष्य ऐनले बोकेको  मन्त्री अधिकारीले बताउनुभयो । 

किसानलाई परिचय पत्र वितरण यसै वर्षदेखि सुरु गर्न लागेको बताउँदै उहाँले प्रधानमन्त्रीबाट परिचयपत्र वितरण सुरुवात गर्ने तयारी भएको बताउनुभयो । मन्त्री अधिकारीले कृषि मन्त्रालयमार्फत विगत पाँच वर्ष यता अनुदान लिएकाको नाम सार्वजनिक गरिएको बताउँदै कृषि र किसानका नाममा रु एक खर्ब सात अर्ब वितरण भएकाले यसको उपलब्धि खोज्ने काम भएको बतानाउनुभयो ।
-रासस

प्रतिकृया दिनुहोस