• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

तीनलाल स्मृति अण्डर–२० खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि रामेछापको देउरालीलाई  

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । रामेछापको मन्थलीमा सञ्चालित तीनलाल स्मृति कप–२०८१ अण्डर–२० खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि रामेछाप नगरपालिका वडा नं २ देउरालीले जितेको छ । 

मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको टिम न्यूस्टारलाई हराउँदै उपाधि जितेको हो । अनेरास्ववियु रामेछापले आयोजना गरेको खेलको विजेताले नगद ५० हजारसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेताले ३० हजार नगद सहित शिल्ड, ट्रफि, मेडल प्राप्त गरेको छ । 

विजेतालाई संगठनका केन्द्रीय अध्यक्ष समिक बडाल, एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँ, केन्द्रीय सदस्य, माधव ढुङ्गेल, गीता कार्की, वाग्मती प्रदेश सभा सदस्य एवं एमाले प्रदेश कमिटीका सदस्य आनन्द कुमार श्रेष्ठ, एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम करिया, अनेरास्ववियु स्थायी कमिटी सदस्य सागरहरि अधिकारी, संगठका जिल्ला अध्यक्ष पुष्कर भट्टराईसहितका नेताहरूले पुरस्कार प्रदान वितरण गर्नुभएकाे थियाे । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, सहिद गङ्गालाल र नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलालको योगदानलाई कदर गदै उहाँहरूको स्मृतिमा तीनलाल स्मृति कप आयोजना गरिएको अध्यक्ष भट्टराईले बताउनुभयाे । 

प्रतियोगितामा १६ वटा टिमले भाग लिएका थिए । मन्थली नगरपालिका खेलकुद विकास समितिको मुख्य प्रायोजनमा खेल भएको हो । खेलको सेमी फाइनलमा पुगेका दुई टोलीलाई पनि १० हजारका दरले नगद पुरस्कार दिइएको थियो । 

प्रतिकृया दिनुहोस