मन्थलीमा २० वर्ष मुनिको तीनलाल स्मृति भलिबल प्रतियोगिता सुरु
रामेछाप । मन्थलीमा २० वर्ष मुनिको तीनलाल स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
जिल्ला भलिबल सङ्घ रामेछापको प्राविधिक सहयोगमा अनेरास्ववियु रामेछापले प्रतियोगिता आयोजना गरेको हो । फागुन १२ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन् ।
अनेरास्ववियु जिल्ला कमिटी रामेछापका अध्यक्ष पुष्कर भट्टराईको अध्यक्षता तथा अनेरास्ववियुका केन्द्रीय सचिव एवं वाग्मती प्रदेश इन्चार्ज डाक्टर सुजन कडरियाको प्रमुख आतिथ्यतामा खेलको उद्घाटन भएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, सहिद गङ्गालाल र नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलालको योगदानलाई कदर गदै उहाँहरूको जन्मथलो रामेछापको मन्थलीमा उहाँहरूको सम्झना स्वरूप तीनलाल स्मृति कप २०८१ को आयोजना गरिएको आयोजकले जनाएको छ ।
.jpg)
मन्थली नगर खेलकुद विकास समिति मुख्य प्रायोजक रहेको प्रतियोगितामा अखिल क्रान्तिकारी र नेविसंघ सहित रामेछाप जिल्लाबाट १५ टिम र छिमेकी जिल्ला दोलखाको मेलुङ गाउँपालिकाको एक टिमले भाग लिएका अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त पाउने छन् । सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमले नगद १०÷१० हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन सत्रमा नेकपा एमाले रामेछाप जिल्ला कमिटी सचिव प्रकाश कार्की, अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश सह–इन्चार्ज सागरहरि अधिकारी, अनेरास्ववियु वाग्मती प्रदेश कमिटी अध्यक्ष लालबहादुर बुढाथोकी, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य टक घतानी, तिलक घतानी, आङलामु शेर्पा लगायत सहभागी हुनुहुन्थ्यो ।


प्रतिकृया दिनुहोस