• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

उदयपुरमा सवारी दुर्घटना, एकजनको ज्यान गायो, पाँच घाइते 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगीटोलमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । घटनामा अन्य ५ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मदन भण्डारी लोकमार्गमा पर्ने सो स्थानमा गएराति भएको दुर्घटनामा बाराको गढी गाउँपालिका–४ का ७० वर्षीय सिताराम धामीको ज्यान गएको हो । मदन भण्डारी लोकमार्ग हुँदै जन्ती बोकेर आउँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र विपरीत दिशाबाट तेजपत्ता बोकी कटारी तर्फ जाँदै गरेको ना ८ ख २४०४ नम्बरको मिनी ट्रक एक-आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।  

दुर्घटनामा २६ जना घाइते भएकोमा २० जना जिल्ला अस्पतालमा सामान्य उपचार गरी डिस्चार्ज भएका छन् । दुई जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको र तीनजना न्युरो अस्पताल विराटनगर उपचारको लागि पठाइएको छ । 

 

प्रतिकृया दिनुहोस