• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपाल फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौंं । नेपाल फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 

दशरथ रङ्गशालामा भएको खेलमा लेबनानलाई १–० ले पराजित गर्दै नेपालले एक खेल अगावै फाइनलमा पुगेको हो । खेलको ४२ औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले गरेको गोल नेपालको लागि निर्णायक गोल बन्यो ।  

नेपालले उपाधिका लागि म्यानमारसँग खेल्ने छ । त्यसअघि नेपालले समूह चरणमा म्यानमारसँग खेल्ने छ । खेल फागुन ११ गते हुनेछ । उक्त खेलको विजेता टोली शीर्ष स्थानमा रहँदै फाइनल खेल्नेछ । 

सुरुआती दुई खेलमा पराजित हुँदै लेबनान र कीर्तिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।

 

प्रतिकृया दिनुहोस