त्रिकोणात्मक महिला टी-२० सिरिज : नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित
काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजको आफ्नो पाँचौं खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएकाे छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएकाे खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएकाे हाे । याे नेपालकाे पाँचाैं हार हाे ।
नेपालले दिएकाे १ सय ४६ रनकाे लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर ४ बलमा पूरा गर्याे ।
त्यसअघि पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रन बनाएकाे थियाे । नेपालका लागि पूजा महत्तोले सर्वाधिक ६२. कप्तान इन्दु बर्माले ३९, रुबिना क्षेत्रीले २० र कविता जोशीले नटआउट ७ रन बनाइन् ।
बलिङतर्फ नेदरल्याण्ड्सका लागि आइरिस विलिङले २ तथा कारोलिन डे लाङ र हिथर सिगर्सले समान १-१ विकेट लिइन् ।
यसअघि नेपालले नेदरल्याण्ड्सँग २० र १५ रन तथा थाइल्याण्डसँग ४ विकेट र ५ रनको हार ब्यहाेरेको थियाे ।


प्रतिकृया दिनुहोस