काठमाडाैं विमानस्थलको कफी सपमा भीषण आगलागी
काठमाडौं । त्रिभुवन विमानस्थलको अन्तराष्ट्रिय टर्मिनलको कफी पसलमा आगो लागेको छ । अागाे निकै ठूलाे रहेकाे विमानस्थलमा रहेका यात्रुहरुले सनराइज खबरलाई फाेन गरेर बताएका छन् ।
सुवास श्रेष्ठले सञ्चालन गरिरहेको कफि पसलमा आगो लागेको प्रहरीले पनि जनाएको छ ।
सो कफी पसल अन्तार्राष्ट्रिय टर्मिनलको एप्रोन सँगै रहेको छ ।
दमकलको प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म कुनै मानवीय क्षति नभएकाे प्रहरीले जनाएकाे छ ।
याे पनि पढाैं
| विमानस्थलमा लागेको आगो नियन्त्रणमा आउँदै |


प्रतिकृया दिनुहोस