• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

केपी ओली कप फुटबल फागुन ११ गतेदेखि, बिजेतालाई १५ लाख ११ हजार

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । तेस्रो संस्करणको केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप, २०८१ आगामी फागुन ११ गतेदेखि  सुरु हुने भएकाे छ ।

नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालकाे आयाेजनामा हुने प्रतियाेगिता फागुन ११ गतेलदेखि २० गतेसम्म चल्नेछ । युवा संघ नेपालले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियाेगिताबारे जानकारी दिएकाे हाे ।

पत्रकार सम्मेलनमा बाेल्दै युवा संघका महासचिव सुमन पुरीले नेपाल फटबल संघ (एन्फा) द्वारा सूचीकृत 'ए' डिभिजनका तथा विदेशीहरु गरी १० वटा टाेली प्रतियाेगितामा सहभागी हुने जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे - 'प्रतियोगितामा अखिल नेपाल फटबल संघ (एन्फा) द्वारा सूचीकृत 'ए' डिभिजनका तथा विदेशीहरु गरी १० वटा टीमहरु सहभागी हुनेछन्, प्रतियोगिताको क्वाटर फाईनलसम्मका खेलहरु एन्फा कम्प्लेक्स, सातदोबाटो, लतिपुरमा हुनेछन् भने सेमी फाईनल र फाइनल खेल दशरथ रंगशाला, त्रिपुरेश्वर, काठमाडौंमा आयोजना हुनेछन् ।'

प्रतियोगिताको बिजेतालाई १५ लाख ११ हजार १ सय ११ रुपैंया, उपबिजेतालाई ५ लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, उत्कृष्ट गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई ५० हजार, म्यानअफ द म्याचलाई १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरु प्रदान गरिने छ ।  हरेक खेल विजेता टीमलाई २५ हजार नगद प्रदान गरिनेछ । 

उहाँका अनुसार प्रतियोगिताको लागि खुल्ला आह्वान गरिनेछ । सोही अनुसार सहभागी हुने टीमहरु छनोट गरिने छ । जसमा नेपालका 'ए' डिभिजन तथा विदेशी टीमहरुलाई समावेश गराईनेछ । 

प्रतिकृया दिनुहोस