यु-१९ महिला टी-२० विश्वकप : नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित
काठमाडौं । आइसीसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।
मलेसियामा साेमबार भएकाे आफ्नाे दाेस्राे खेलमा नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । याेसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कमजाेर बनेकाे छ ।
यसअघि भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । अब नेपालले समूहको अन्तिम खेलमा पर्सी बुधबार अष्ट्रेलियासँग खेल्नेछ ।
नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । उसका लागि पिपा स्प्रोलले ३५ र ग्याब्रियला फोन्टेन्लाले १२ रन बनाइन् ।
बलिङतर्फ नेपालकी सिमना केसी र रचना चौधरीले समान २-२ तथा कप्तान पूजा महतो र कृष्मा गुरुङले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ राेजेकाे नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै ७३ रन बनाएकाे थियाे । नेपालका लागि कप्तान पूजा महतोले र सावित्री धामीले १० रन बनाउनुबाहेक हरुले दोहोरो अंकमा रन जाेड्न सकेनन् ।
बलिङतर्फ स्कटल्यान्डकी मोइसी म्याकेइराले ५, अमी बलडाइ र नइमा शेखले समान २-२ विकेट तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिइन् ।
स्कटल्याण्ड पहिलो खेलमा अष्ट्रेलियासँग पराजित भएको थियो । आजको जितसँगै स्कटल्याण्डले सुपर सिक्समा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।


प्रतिकृया दिनुहोस