• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

यु-१९ महिला टी-२० विश्वकप : स्कटल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । मलेसियामा जारी आईसीसी यु-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

खेलमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे छ ।

विश्वकपमा डेब्यू गरेको नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । प्रतियोगिताको समूह 'डी' मा रहेको नेपाललाई सुपर-६ मा पुग्न कम्तिमा एउटा खेल जित्नुपर्छ ।

समूह 'डी' समूहमा नेपालसँगै बंगलादेश, स्कटल्याण्ड र अष्ट्रेलिया छन् ।

 

प्रतिकृया दिनुहोस