खो खो विश्वकपमा नेपाली महिला र पुरुष दुवै टोली फाइनलमा, प्रधानमन्त्रीद्वारा बधाइ र शुभकामना
काठमाडौं । भारतमा जारी खो खो विश्वकपमा नेपाली महिला र पुरुष दुवै टोली फाइनलमा पुगेका छन् ।
नेपाली महिला टोलीले युगाण्डालाई पराजित गर्दै फाइनलमा पुगेको हो । सेमिफाइनल खेलमा मा युगान्डालाई ८०–१८ अङ्कले पराजित गर्दै नेपाली महिला टोलीले फाइनलमा स्थान सुनिश्चित गरिसकेको छ ।
पुरुष टोलीले इरानलाई सेमिफाइनलमा पराजित गर्दै ऐतिहासिक फाइनल यात्रा तय गरेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी रङ्गशालामा भएको सेमिफाइनलमा इरानलाई ७२–२० ले हराउँदै नेपाली पुरुष टोली फाइनलमा पुगेको हो ।
.jpg)
दुवै टोली फाइनमा पुगेकामा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिनुभएको छ । ‘नेपालको खो खो इतिहासमा यो ऐतिहासिक सफलता हो, अब फाइनल खेलको जीतका लागि हाम्रा खेलाडीलाई शुभकामना’, प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।


प्रतिकृया दिनुहोस