• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

चितवन माडीमा गैँडाको आक्रमणबाट एकको ज्यान गयो, तीन घाइते 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । 

आक्रमणमा अन्य तीन जना घाइते भएका छन् । माडी नगरपालिका–३ मा भैँसी चराउन गएका चार जनालाई मंगलबार दिउँसो गैँडाले आक्रमण गरेको थियो । गैँडाको  आक्रमणबाट ५६ वर्षीय छविलाल बोटको घटनास्थलमै ज्यान गएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार गैँडाको आक्रमणबाट सोही स्थानका ५० वर्षीय हेमराज महतो, ६८ वर्षीय कृष्ण महतो र ४५ वर्षीय राजु बोट घाइते भएका छन् । 

उनीहरूमध्ये हेमराज महतो र राजु बोटको शरीरमा चोटपटक लागेको छ । उनीहरूलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ । राजु बोटको अवस्था सामान्य भएकाले उनलाई घर पठाइएको प्रहरीले जनाएको छ ।  

 

प्रतिकृया दिनुहोस