• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुने टी-२० सिरिजकाे खेल तालिका सार्वजनिक

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाली राष्ट्रिय महिला क्रिकेट टाेलीले घरेलु मैदानमा त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिजको खेल तालिका शनिबार सार्वजनिक गरेको हो ।माघ १७ गतेदेखि २५ गतेसम्म हुने सिरिजका सबै खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । 

नेपालले पहिलो दिन माघ १७ गते नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ । नेपालले माघ १८ गते थाइल्याण्डसँग, २० गते नेदरल्याण्ड्ससँग, २१ गते थाइल्याण्डसँग, २२ गते नेदरल्याण्ड्ससँग र माघ २३ गते थाइल्याण्डसँग खेल्नेछ । 

प्रतियोगितामा हरेक टोलीले एकअर्का विरुद्ध ३-३ खेल खेल्ने छन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । 

प्रतिकृया दिनुहोस