• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

इन्डो नेपाल भलिबल : मणिमुकुन्द र गुजरात विजयी

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । रुपन्देहीमा जारी मदन भण्डारी गोल्डकप इण्डाे-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप प्रतियाेगितामा मणिमुकुन्द भलिबल क्लब र भारतको गुजरात स्टेट भलिबल एशाेसिएशन विजयी भएका छन् ।

बुटवलको रामनगर खेल मैदानमा आइतबार भएको पहिलो खेलमा मणिमुकुन्दले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३-२ को सेटमा पराजित गर्‍याे । मणिमुकुन्दले पहिलो सेट २५-२०, तेस्रो सेट २५-१२ र पाँचौं सेट १५-१२ ले जित्यो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोस्रो सेट २५-१८ र चौथो सेट २५-२० ले जित्यो ।

आइतबार नै भएको दोस्रो खेलमा गुजरातले बाग्लुङको गलकोट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हरायो । गुजरातले पहिलो सेट २५‍-१८, दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-१६ ले जित्यो ।

प्रतिकृया दिनुहोस