एन्फा महिला लिग : गाेलरहित बराबरीमा राेकिए पुलिस र आर्मी
काठमाडाैं । एन्फा महिला लिग फुटबल प्रतियाेगितामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गाेलरहित बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा दुवै टाेली गाेलरहित बराबरीमा राेकिएका हुन् । गाेल गर्ने अवसर पाएपनि दुवै टाेलीले त्यसकाे सदुपयाेग गर्न सकेनन् । बराबरीसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् ।
अखिल नेपाल फुटबल सं (एन्फा) को आयोजनामा जारी एन्फा महिला लिगको पहिलो चरणपछि ५ वटा टोली सुपर फाइभमा पुगेका छन् । आर्मी र पुलससहित सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब, स्याङ्जाकाे वालिङ नगरपालिका र वाग्मती युथ क्लब दोस्रो चरणको सुपर फाइभमा पुगेका हुन् ।
एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए ।


प्रतिकृया दिनुहोस