• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इञ्जिनियरकाे हब बनाउनुपर्छ : कुलमान घिसिङ

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इलेक्ट्रिकल इञ्जिनियरहरुका लागि विद्युत प्राधिकरणलाई हब बनाउने बताउनुपर्ने बताउनुभएकाे छ ।

आइतबार पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा भएको प्रयोगशाला उद्घाटन समारोहमा बोल्दै कार्यकारी निर्देशक घिसिङले विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इञ्जिनियरको अभाव भएको बताउनुभयाे ।

अहिलेसम्म इन्टनसिपका विद्यार्थीहरुले प्राधिकरण चलाएको भन्दै उहाँले अब इलेक्ट्रिकल इञ्जिनियरका लागि प्राधिकरणलाई हब बनाउनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'हाम्रो टेस्टिङ ट्रान्सफरहरु र वर्कसपहरु प्रायः इन्टर्नसिपका विद्यार्थीले नै चलाएका छन्, करिब १२-१५ सय जनाहरु इन्टर्नसिप हरेक लटमा चलिरहेको हुन्छ, इलेक्ट्रिकल इञ्जिनियरहरुको लागि ६०-७० सिट लोकसेवा मार्फत विज्ञापन निकालेको छौं, विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरहरुको अभाव छ, इलेक्ट्रिकल इञ्जिनियरहरुका लागि विद्युत प्राधिकरण एउटा ठूलो हब बन्छ, बनाउनुपर्छ ।'

कार्यकारी निर्देशक घिसिङले विद्युत प्राधिकरणले विभिन्न ठाँउमा वर्कसप, ट्रासफर्मर वर्कसप, टेस्टिङ ल्याबहरु स्थापना गरेको बताउनुभयाे । उहाँले स्थापना भएका ल्याबहरु अहिले अप्रेसनमा रहेको जानकारी दिनुभयाे । 'विद्युत प्राधिकरणले प्रदेश-प्रदेशमा नेपालगञ्ज, बुटवल, विराटनगर, हेटौंडा काठमाडौं लगायत ठाउँहरुमा हाम्रो वर्कसप, ट्रासफर्मर वर्कसप, टेस्टिङ ल्याबहरु हाइ भोल्टिङ टेस्टिङ ३३ के.बी सम्मको टेस्टिङ ल्यावहरुको स्थापना गरेर अहिले अप्रेसनमा छन्, विद्युत प्राधिकरणले इन्टनसिपको लागि सबैको लागि हुनेगरी, इलेक्ट्रिकल इञ्जिनियरहरु र इलेक्ट्रिकल सम्बन्धि ३-४ तहका जति पनि आउँछन्, इन्टर्नसिप खोलेका छौं, खाजा भत्ता दिएर खोलेका छौं'- घिसिङले भन्नुभयाे ।

प्रतिकृया दिनुहोस