काठमाडाैं र ललितपुरका यी ठाउँमा आज ३ घण्टा बत्ती जाने
काठमाडाैं । काठमाडाैं र ललितपुरका विभिन्न ठाउँमा शनिबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
काठमाडौंकाे जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको युएन पार्क फिडर अन्तर्गतका क्षेत्रहरूमा ३ घण्टा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले सूचनामार्फत जानकारी दिएकाे छ ।
साँखु फिडर अन्तर्गत पर्ने नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्शिंग पौवा, नांगलेभरे, गागलफेदी आलापोट आदि स्थानमा तथा ठिमीको बोडे फिडर अन्तर्गतको मुलपानी पिपलबोट मुलपानीचौर नेपाल टेलिकम ब्रम्हखेल नयापाटी बागधारा लगायत ठाउँमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
पेप्सी-मुलपानी सडकको कल्भर्ट निर्माणको क्रममा परेको एचटी पोल सार्नका लागि फिडर सटडाउनमा राख्नुपरेको प्राधिकरणले जनाएको छ ।
ललितपुरकाे युएन पार्क फिडर अन्तर्गत पर्ने शंखमूल, युएन पार्क, शंखमूल टाउन प्लानिङ क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । ती क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ ।
काम निर्धारित समय भन्दा अघि सकिएमा अगाडि नै सेवा सुरु हुने पनि प्राधिकरणले जनाएकाे छ । यसबाट पर्न गएको असुविधाको लागि प्राधिकरणले क्षमायाचना समेत गरेको छ ।


प्रतिकृया दिनुहोस