• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

एन्फा महिला लिग : पुलिस र वालिङ भिड्दै

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । एन्फा महिला लिगमा आज विभागीय टीम नेपाल पुलिस क्लब र वालिङ नगरपालिका भिड्दै छन् ।

यी दुई टाेलीबीचकाे खेल एन्फा कम्प्पेक्स सातदोबाटोमा  दिउँसो ३ बजे सुरु हुनेछ । 

हिजोदेखि सुरु भएको लिगको अन्तिम चरणको खेलमा वाग्मती युथ क्लबलाई २-० ले हराउँदै त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।  

लिगमा ३ विभागीयसहित १० टोलीले गत भदौ र असोजमा राउण्ड रोबिनको आधारमा पहिलो चरणमा प्रतिष्पर्धा गरेका थिए । पहिलाे चरणमा ४५ वटा खेलपछि एपीएफ, आर्मी, नेपाल पुलिस, वालिङ नगपालिका र कोशीले शीर्ष ५ मा ठाउँ बनाएका थिए । कोशीले अन्तिम चरणको खेल नखेल्ने बताएपछि छैटौँ स्थानको बागमतीले पनि अवसर पाएको हो । 

प्रतिकृया दिनुहोस