राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त हुनुभएकाे छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यलाई राखेपको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयाे ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा उहाँले साे जानकारी दिनुभएकाे हाे ।
आचार्य मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।


प्रतिकृया दिनुहोस