नेपाली महिला फुटबल टोलीले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने
काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदानमा वुमेन्स फोर नेसन्स कप खेल्ने भएको छ ।
वुमेन्स फोर नेशन्स कप आगामी फागुन ४ देखि १५ (फेब्रुअरी १७ देखि २६) सम्म काठमाडाैंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार जानकारी दिएकाे हाे ।
प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, लेबनान र म्यानमारबीच प्रतिष्पर्धा हुनेछ । यो प्रतियोगिता फेब्रुरीको फिफा विन्डोको बेला हुन लागेको हो ।
नेपालले सन् २०२४ (०८१ कात्तिक) मा दशरथ रंगशालामै साफ महिला च्याम्पिनयनसिप आयोजना गरेको थियो । साफकाे फाइनलमा पुगे पनि नेपाल उपविजेतामा सीमित थियो ।
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस