• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

इन्डो नेपाल भलिबल आजदेखि बुटवलमा सुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । रुपन्देहीकाे बुटवलमा आजदेखि मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप प्रतियाेगिता सुरु हुँदैछ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बुटवल उपमहानगरपालिका- १० स्थित रामनगर खेलमैदानमा हुने प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गर्नुहुने कार्यक्रम छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगितामा विभागीयसहित ८ टाेलीबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गुजरात स्टेट भलिबल एसोसियसन, मणिमुकुन्द भलिबल क्लब, गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र सहभागी हुनेछन् ।

प्रतियोगितामा प्रथम हुने टाेलीले ७ लाख, दाेस्राे हुनेले ३ लाख ५० हजार, तेस्राे हुनेले १ लाख ७५ हजार र चाैथाे हुनेले १ लाख शिल्ड मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताको लागि पहिलो चरणमा टिकट शुल्क ३०० रुपैयाँ ताेकिएकाे छ । सेमिफाइनल र फाइनलमा शुल्क बढाउँदै लगिने आयोजनाले जनाएको छ । प्रतियोगिता पुस २४ गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस