• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

एनपीएल विजेता जनकपुर बोल्ट्सलाई सिरहामा भव्य स्वागत

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

सिरहा । नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सिरहामा भव्य स्वागत गरिएको छ ।

जिल्ला क्रिकेट संघ सिरहा र सिरहा नगरपालिकाको संयुक्त आयोजनामा साेमबार खेलाडीलाई भव्य स्वागत गरिएको हो । 

सिरहा सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाइएको थियो । खेलाडी सहभागी रहेको र्‍यालीमा हजारौँ समर्थक सहभागी थिए । खेलाडी र व्यवस्थापन पक्षलाई बाजागाजासहित स्वागत गर्दै ट्रफी परेड गरिएको थियो । 

कप्तान अनिल साहको नेतृत्वको टोलीलाई सिरहा नगरपालिकाको सीमा पदमपुरमा जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहनुभएका मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ नेतृत्वको टोलीले स्वागत गरेको थियो । त्यसपछि चोकचोकमा स्थानीयले टोलीको विजयमा हर्षबढाइँ गरेका थिए । 

उपाधिसहित मधेश प्रदेशका आठवटै जिल्लामा पुग्ने पूर्वघोषित कार्यक्रमअनुसार विजयी टोली सिरहा पुगेको हो ।

आइतबार रौतहटमा खेलाडीलाई सम्मान गरिएको थियो । एनपीएल ट्रफी मधेश प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्सले जितेपछि त्यसबाट यहाँका खेलाडीलाई प्ररेणा मिलेको सिरहा जिल्ला क्रिकेट संघका अध्यक्ष महासेठले बताउनुभयो । 
– रासस

प्रतिकृया दिनुहोस