• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

अछाममा बोइलर कुखुराको मासु खाँदा १ जनाकाे ज्यान गयाे, ३ जना बिरामी

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

अछाम । बोइलर कुखुराको मासु खाँदा अछाममा एक जनाको ज्यान गएकाे छ ।

ज्यान गुमाउनेमा कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिनुभयाे ।

बयलास्थित तुलासिहं विकको घरमा ल्याएको बोइलर कुखुराको मासु खाएर उनकै छोरा कमलको ज्यान गएकाे हाे ।

मासु खाँदा विकको घरमा थप ३ जना बिरामी भएका छन् । बिरामीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मंगलसेनमा राखिएको छ । के कति कारणले मृत्यु भएको तथा बिरामी भएको भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयाे ।

- रासस

प्रतिकृया दिनुहोस