• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण सुरु 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण सुरु भएको छ । 

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो ।

माघ ५ गतेदेखि मलेसियामा हुने महिला यु–१९ विश्वकप प्रतियोगिताको लागि बन्द प्रशिक्षण सुरु गरिएको हो । पुस २२ गतेसम्म बन्द प्रशिक्षण हुने महिला यु–१९का प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिनुभयो । बन्द प्रशिक्षणमा ‘ब्याटिङ, बलिङ, फिटनेस’लाई ध्यान दिइने छ । 

टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको रहेकाले त्यहाँ प्रशिक्षणको व्यवस्था गरिएको बताउनुभयो ।

बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली यही पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया जाने छ । नेपाली टोलीले जनवरी १८, २० र २२ मा क्रमशः बङ्गलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग खेल्ने छ । 

 

प्रतिकृया दिनुहोस