• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

राकाथुममा वडाध्यक्ष खुल्ला पुरुष भलिबल 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । रामेछापको श्री समाज कल्याण मगर सेवा समिति खाँडादेवी–१ राकाथुम खानी गाउँको आयोजनामा वडा स्तरीय दोस्रो वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । 

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गर्नुभयो । खेलमा १४ टिमको सहभागिता रहेको छ । खेल खेल पुस १३ गतेसम्म चल्ने छ । 

प्रतियोगितामा प्रथम हुने टोलीले ६० हजार रुपैँया नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै दोस्रो हुनेले नगद ४० हजार, सिल्ड, मेडल र प्रमाणपत्र, तोस्रो हुनेले नगद २० हजार, सिल्ड, मेडल प्रमाणपत्र तथा चौथो हुनेले नगद १० हजार मेडल र प्रमाणपत्र पाउने छन् । 

प्रतियोगिताको उद्घाटन कार्यक्रममा वडाध्यक्ष रामकुमार श्रेष्ठ लगायतका जनप्रतिनिधि, स्थानीय, खेलाडी लगायतको सहभागिता थियो । 

प्रतिकृया दिनुहोस