• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

जनकपुरले एनपीएलको उपाधि जितेको खुशीमा पर्साकाे सखुवा प्रसौनीमा आज बिदा

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगिताकाे उपाधि जितेको खुशीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकामा बिदा दिइएको छ ।

सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, र स्वास्थ्य चौकीमा (अतिआवश्यक सेवाबाहेक) आइतबार १ दिन स्थानीय बिदा दिइएको गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले शनिबार सूचनामार्फत जानकारी दिनुभएकाे छ ।

'...सखुवा प्रसौनी गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०८१।०९।०६ गतेको निर्णयानुसार मिति २०८१-०९-०७ गते आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अति आवश्यक सेवाबाहेक एक दिनको स्थानीय बिदा हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ'- सूचनामा लेखिएकाे छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले एनपीएलकाे उपाधि जितेको थियो । 

प्रतिकृया दिनुहोस