एनपीएल : सुदूरपश्चिमका दीपेन्द्रले पाए कार, जनकपुरका ललितलाई मोटरसाइकल
काठमाडाैं । सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा कार जितेका छन् ।
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै एेरीले ओमोडाको कार जितेका हुन् । ऐरीले एनपीएलका कुल ९ खेलमा ९ विकेट र २ सय २७ रन जोडेका थिए । याेसँगै नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका छन् ।
एनपीएलकाे विजेता जनकपुर बोल्ट्सका ललित नारायण राजवंशी प्रतियोगिताकै ब्यालिस्टिक बलर बनेका छन् । प्रतियाेगितामा कुल १७ विकेट लिएका उनले अल्ट्राभोयलेट एफ ७७ मोडलको मोटरसाइकल जिते । उत्कृष्ट बलर बनेका ललितले ५ लाख पुरस्कार पाए ।
कर्णाली याक्सका युवा बलर १६ वर्षीय विपिन प्रसाद शर्मा इमर्जिङ खेलाडी घोषित भए । ८ खेलमा १३ विकेट लिएका उनले ५० हजार रुपैयाँ पुरस्कार पाए । उनले प्रेसिडेन्टल ग्राजुऐट स्कुलबाट १० लाख बराबरको छात्रवृत्ति समेत पाएका छन् ।
सुदूरपश्चिमका दूरपश्चिमका सैफ जैब प्लेयर अफ द टुर्नामेन्ट भए । प्रतियाेगितामा २७५ रन र १२ विकेट लिएका उनले ५ लाख रुपैयाँ पाए ।
जनकपुरका लाहिरु मिलान्थाले म्याक्स फोर अफ टुर्नामेन्टको अवार्ड पाए । प्रतियाेगितामा कूल २ सय ९३ रन बनाएका मिलान्थाले २ लाख पाए ।
जनकपुरका खेलाडी जिम्मी निशम इर्नजेटिक प्लेयर अफ द टुर्नामेन्ट बन्दै २ लाख पाए । निशमले जनकपुरका लागि २ सय ४७ रन र ७ विकेट लिएका थिए ।
एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्लेको अवार्ड जित्याे ।


प्रतिकृया दिनुहोस