लोडसेडिङ हुँदा खुशी हुनेहरुले लोडसेडिङको हल्ला चलाए : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लाेडसेडिङ हुने अवस्था नरहेकाे बताउनुभएकाे छ ।
बिहीबार काठमाडाैंमा आयोजित कार्यक्रममा बाेल्दै कार्यकारी निर्देशक घिसिङले प्राविधिक समस्याका कारण उद्योगहरूमा विद्युत कटौती गरिएकाे दाबी गर्नुभयाे ।
लाेडसेडिङ हुँदा खुशी हुने जमातले अहिले लाेडसेडिङकाे हल्ला चलाइरहकाे आराेप उहाँले लगाउनुभयाे । 'प्राविधिक कारणले २-४ दिन समस्या हुँदाखेरी लाेडसेडिङ भयाे भन्ने हल्ला भइरहेकाे छ, लाेडसेडिङ हुँदा रमाउने जमातले याे हल्ला गरिरहेकाे छ, याे कदापी हाेइन, नेपालमा लाेडसेडिङ हुँदैन, भएकाे छैन, याे अहिले केही समयकाे प्राविधिक समस्या हाे'- घिसिङले भन्नुभयाे ।
लोडसेडिङ हुँदा खुसी मनाउने जमात कति रहेछ भन्ने कुरा केही दिनअघि देखि आफूले देखिरहेकाे उहाँले बताउनुभयाे । विद्युत प्राधिकरण नाफामा गयो भन्नासाथ खुशी नहुने र घाटामा गयाे भन्दा खुशी हुने जमात पनि आफूले देखिरहेकाे घिसिङले बताउनुभयाे । 'नेपालमा नेगेटिभिटीमा रमाउने जमात रहेछ, लोडसेडिङ हुँदा खुशी मनाउने जमात रहेछ भन्ने एउटा उदाहरण मैले केही दिनबाट हेरिहेको छु, प्राधिकरण नाफामा गयो भन्नासाथ एकदमै खुशी नहुने र घाटामा गयो भन्नासाथ एकदमै खुशी हुने जमात पनि छन्, नेगेटिभिटी देखाएर कसरी भित्रबाट आफूले कमाउने भन्ने पनि रहेछ, लाेडसेडिङ भयाे, उद्याेगमा मैले डिजेल चलाउनुपर्याे त्यही भएर मैले उद्याेगकाे सामानकाे भाउ बढाउनुपर्याे भन्ने पनि हाेला, अहिले त लाेडसेडिङ छैन, हिजाे २०-२२ घण्टा जनतालाई लाेडसेडिङमा पारेर त्याे उत्पादनकाे भाउ बढाएर बेचिसक्नुभयाे, त्याे तिर्नुपर्दैन डेडिकेटेड ट्रंकलाइनकाे पैसा ?'- उहाँले प्रश्न गर्नुभयाे ।


प्रतिकृया दिनुहोस