• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

‍‍‍काठमाडौंका यी ठाउँमा आज डेढ घण्टा बत्ती जाने

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । काठमाडाैंका विभिन्न ठाउँमा आज डेढ घण्टा बत्ती जाने भएकाे छ ।

बलम्बु सबस्टेशन अन्तर्गत थानकोट फिडरमा पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक लगायत क्षेत्रमा आज बिहान साढे १० बजेदेखि मध्याह्न १२ बजेसम्म बिजुली कटौती हुने नेपाल विद्युत् प्राधिकरणले सूचनामार्फत जानकारी दिएकाे छ ।

ती प्राविधिक जडान कार्यका लागि बिजुली कटौती गर्न लागिएकाे सूचनामा उल्लेख छ ।  तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भए पहिल्यै बत्ती आउने प्राधिकरणले जनाएकाे छ ।

प्राधिकरणले फिडरअन्तर्गत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । 

प्रतिकृया दिनुहोस