एसीसी यु-१९ महिला एसिया कप : नेपालले आज बंगलादेशसँग खेल्दै
काठमाडाैं । मलेसियामा जारी एसीसी यु-१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।
नेपाल र बंगलादेशबीचकाे खेल मलेसियाको क्वालालम्पुरमा बिहान ११:४५ बजे सुरु हुनेछ । आजको खेलमा बंगलादेशलाई हराए नेपाल फाइनलमा पुग्नेछ । फाइनल आइतबार हुँदैछ ।
नेपालले प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकालेको थियाे । वर्षाका कारण खेल प्रभावित भएपछि नेपालले भारत र श्रीलंकासँग भने अंक बाँडेकाे थियाे ।
नेपाल ४ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ । भारत ५ अंकसहित अंक तालिकाकाे शीर्ष स्थानमा छ । बंगलादेश र नेपालको समान ४ अंक अंक भए पनि नेट रनरेटका आधारमा बंगलादेश तालिकाको दोस्रो स्थानमा छ। ३ अंक जाेडेकाे श्रीलंका अंक तालिकाकाे अन्तिम स्थानमा छ ।
लगातार २ हारसहित पाकिस्तान भने प्रतियाेगिताबाट बाहिरिएकाे छ ।
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस