• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगिताकाे पहिलो क्वालिफायर खेलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् ।

शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरबीचकाे खेल दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

लिग चरणको ७ मध्ये सुदूरपश्चिमले एउटा खेलमा मात्र पराजय भोगेको छ । लिग चरणकाे समान ७ खेलमा जनकपुरले ५ मा जित र २ मा हार ब्यहाेरेकाे छ ।

सुदूरपश्चिम र जनकपुरबीचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्नेछ । हार्ने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ । एलिमिनेटर खेलमा अहिले चितवन राइनोज र कर्णाली याक्स भिडिरहेका छन् ।

दोस्रो क्वालिफायर खेल भोलि दिउँसो १२ बजे हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । फाइनल खेल आगामी शनिबार हुनेछ ।

प्रतिकृया दिनुहोस