• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एसीसी यु-१९ महिला एसिया कप : नेपालले आज भारतसँग खेल्दै

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । एसीसी यु-१९ महिला एसिया कप क्रिकेट प्रतियाेगितामा नेपालले आज भारतसँग खेल्दैछ ।

नेपाल र भारतबीचकाे खेल मलेसियाको वायुमास ओभलमा बिहान पौन १२ बजे सुरु हुनेछ । दुवै टाेली एक खेल अगावै सुपर फोरमा प्रवेश गरिसकेका छन् ।

सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर फोरमा ठाउँ सुरक्षित गरेको हो । भारतले आफ्नाे पहिलाे खेलमा पाकिस्तानलाई हराएकाे थियाे ।

पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस