एनपीएल : आज विराटनगर र पोखरा तथा काठमाडाैं र जनकपुर भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा बिहीबार पनि दुई खेल हुँदै छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलाे खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स भिड्ने छन् ।
यसअघि खेलेका ४ खेलमा ३ खेल हारेको पोखरा सातौं र विराटनगर आठौं स्थानमा छ । दुवैले ३ खेल खेल्न बाँकी भएकाले प्लेअफ सम्भावना कायमै छ ।
आजै दिउँसाे १ बजे त्रिवि मैदानमै हुने अर्काे खेलमा काठमाडाैं गुर्खाज् र जनकपुर बोल्ट्सबीच प्रतिष्पर्धा हुनेछ । अहिलेसम्म ५ खेल खेलेकाे जनकपुरले ४ मा जित र १ मा हार ब्यहाेरेकाे छ ।


प्रतिकृया दिनुहोस