एनपीएल : काठमाडाैंसँग हारेसँगै लुम्बिनीकाे प्लेअफ पुग्ने सम्भावना सकियाे
काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी लायन्स काठमाडाैं गुर्खाजसँग पराजित भएकाे छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएकाे खेलमा लुम्बिनी काठमाडाैंसँग १८ रनले पराजित भएकाे हाे ।
काठमाणडाैंले दिएकाे १ सय ४ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनी १९ ओभर २ बलमा ८५ रन बनाउँदा अलआउट भयाे । लुम्बिनीका सन्दीप जाेराले २६, उन्मुक्त चन्दले १४ र सूर्य तामाङले नटआउट ११ रन बनाए । अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ काठमाडाैंका कप्तान करण केसीले ४, दिपेश कँडेलले ३, जेहार्ड एरासमसले २ र रासिद खानले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरकाे टस जितेर पहिला ब्याटिङ राेजेकाे काठमाडाैंले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ३ रन बनाएकाे थियाे । काठमाडौंका लागि भीम सार्कीले ३१, ड्यान डोथवेटले २१, प्रतीक श्रेष्ठले २० र स्टेफन ईस्किनाजीले १३ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए ।
आजकाे जितसँगै काठमाडाैंले ४ खेलमा ४ अंक जाेड्दै तालिकाकाे पाँचाैं स्थानमा उक्लिएकाे छ । काठमाडाैंकाे प्लेअफ पुग्ने सम्भावना कायमै छ । आजकाे हारसँगै लुम्बिनी भने १ खेलअघि नै लिग चरणबाट बाहिरिएकाे छ । लुम्बिनीले अहिलेसम्म खेलेका ६ खेलमा १ मा जितेकाे लुम्बिनिकाे २ अंक मात्र छ ।


प्रतिकृया दिनुहोस