• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल : जनकपुरकाे अपराजित यात्रा टुंगियाे, सुदूरपश्चिमसँग ७२ रनले हार्‍याे

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बाेल्ट्सकाे अपराजित यात्रा राेकिएकाे छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएकाे खेलमा सुदूरपश्चिम राेयल्सयँग ७२ रनले पराजित भएसँगै जनकपुरकाे अपराजित यात्रा टुंगिएकाे हाे ।

सुदूरपश्चिमले दिएकाे १ सय २४ रनकाे लक्ष्य पछ्याएकाे जनकपुर १२ ओभर १ बलमा ५१ रन बनाउँदा अलआउट भयाे । एनपीएलमा याे सबैभन्दा कम याेगफल हाे । यसअघि चितवन राइनाेजसँगकाे खेलमा पोखरा एभेन्जर्स ७४ रनमा समेटिएकाे थियाे ।

जनकपुरका लागि जाेशुआ ट्राेम्पले १३ रन भने अरु खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ सुदूरपश्चिमका हरमीत सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान २-२ तथा स्कट कुगेलेइन, सैफ जेव र नरेन साउदले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएकाे थियाे । सुदूरपश्चिमका लागि विनाेद भण्डारीले ३३ रन बनाए ।

बलिङतर्फ जनकपुरका लागि शेर मल्ल र अरनिकाे यादवले समान २-२ तथा हर्ष थाकरले १ विकेट लिए । 

आजकाे जितसँगै ५ खेलबाट ८ अंक जाेडेकाे सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा समान ८ अंक जोडेकाे जनकपुर नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस