• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल : आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं र लुम्बिनी भिड्दै

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा आज पनि दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे हुने खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।

जारी  प्रतियाेगितामा अहिलेसम्म खेलेका ४ वटै खेल जितेकाे जनकपुर अंक तालिकाकाे शीर्ष स्थानमा छ । समान ४ खेलमा ३ वटामा जित र १ मा हार ब्यहाेरेकाे सुदूरपश्चिम अंक तालिकाकाे दाेस्राे स्थानमा छ ।

त्रिवि मैदानमै दिउँसाे १ बजे हुने अर्काे खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् । अहिलेसम्म ३ खेल खेलेको काठमाडौंले २ मा जित र १ मा हार ब्यहाेरेकाे छ । अहिलेसम्म ५ खेल खेलेकाे लुम्बिनीले १ खेल मात्र जितेकाे छ भने ४ वटा खेलमा हार ब्यहाेरेकाे छ ।
 

प्रतिकृया दिनुहोस