• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल : पोखराले कर्णालीलाई दियाे १०४ रनको लक्ष्य

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १ सय ४ रनको लक्ष्य दिएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ राेजेकाे पोखराले अलआउट हुँदै १०३ रन बनायो ।  पोखराका लागि दिनेश कार्कीले २६, आन्द्रेश गोसले २५, रेमन राफर २०, कुशल भुर्तेल र विपिन खत्रीले समान १०-१० रन बनाए ।

बलिङतर्फ कर्णालीका लागि विलियम बोसिस्टोले ६ तथा सोमपाल कामी, युनिश ठकुरी, विपिन शर्माले समान १-१ विकेट लिए ।

अहिलेसम्म पाेखराले ३ खेलमा २ मा हार र १ मा जित हात पारेकाे छ । कर्णालीले ४ खेलमा २ मा जित र २ मा हार ब्यहोरेको छ ।

प्रतिकृया दिनुहोस