• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल : कप्तान रोहितको सानदार प्रदर्शनमा लुम्बिनीको पहिलो जित

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी लायन्सले पहिलो जित हात पारेकाे छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएकाे खेलमा कप्तान रोहित पौडेलको अलराउण्डर प्रदर्शनमा चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै लुम्बिनीले जारी प्रतियाेगितामा पहिलाे जित हात पारेकाे हो । 

लुम्बिनीले दिएकाे १ सय ६८ रनको लक्ष्य पछ्याएकाे चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो । उसका लागि लुक बेनकेन्सटाइन ३१, कप्तान कुशल मल्ल २०, रवि बोपराले १२ र सन्तोष कार्कीले १० रन बनाए ।

बलिङतर्फ लुम्बिनिका कप्तान रोहित पौडेलले ४, रामोण्ड सिमोन्सले २ तथा अभिशेष गौतम, साद विन जफरले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्ताे पाएकाे लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । उसका लागि कप्तान रोहित पौडेलले ८०, साद विन जफरले ५२,अर्जुन साउदले १५ र टम मुर्सले १० रन बनाए ।

बलिङतर्फ चितवनका रिजन ढकालले ३  तथा रञ्जित कुमार र कप्तान कुशल मल्लले समान १-१ विकेट लिए ।

यसअघि ४ खेलमा चितवनले ३ खेलमा जित निकालेको छ। चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको चितवनले चौथो खेलमा भने  सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।

लुम्बिनी पहिलाे खेलमा विराटनगर किंग्ससँग २ विकेट,दाेस्राेमा पोखरा एभेन्जर्ससँग १० विकेट, तेस्राेमा सुदूरपश्चिमसँग ४५ रन र चाैथाेमा जनकपुर बोल्ट्ससँग १ रनले पराजित भएको थियो ।

 

प्रतिकृया दिनुहोस