• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

जाेगिए ट्रम्प, नलाग्ने भाे महाअभियाेग

विदेश डेस्क

विदेश डेस्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग नलाग्ने भएकाे छ । अमेरिकाको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानमा  राष्ट्रपति ट्रम्पलाई महाभियाेग लगाउने प्रस्तावले बहुमत पाउन सकेन ।

महाभियाेगकाे प्रस्ताव पारित नभएपछि अब उनलाई महाअभियोग लाग्ने छैन । आफ्नो राजनीतिक स्वार्थका लागि विदेशी शक्तिमाथि आफ्ना सम्भावित चुनावी प्रत्यासी जोन बाइडेनविरुद्ध भ्रष्टाचारको छानबिन गर्न दिएको आरोपमा ट्रम्पमाथि महाअभियोगको प्रक्रिय अगाडि बढेको थियो ।

राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदन ‘हाउस अफ् रेप्रिजेन्टेटिभ्स’ बाट भने पारित भएको थियो । हाउस अफ् रेप्रिजेन्टेटिभ्सबाट अर्थात् तल्लो सदनबाट महाभियोग प्रक्रियाको सामना गर्ने ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

महाअभियोग प्रस्तावमा ट्रम्पले शक्तिको दुरुपयोग गर्नुभएको भन्ने पक्षमा ४८ मत परेको थियो । तर विपक्षमा ५२ मत परेको थियो । त्यस्तै अमेरिकी संसद् अवरुद्ध गरेको आरोपमा पनि पक्षमा ४७ मत र विपक्षमा ५३ मत प्राप्त भएको थियो । एक सय सदस्य रहेको अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत रहेको छ । अमेरिकी सिनेटमा रिपब्लिकनका ५३, डेमोक्र्याटका ४५ र स्वतन्त्रका २ सदस्य रहेका छन् ।

राष्ट्रपति विरुद्धको महाभियोग पारित गर्न कम्तीमा पनि ६७ मतको आवश्यकता थियाे । महाभियोगको हल्लाविरुद्ध अमेरिकी जित भएको दाबी राष्ट्रपति ट्रम्पले गरेका छन् । 

प्रतिकृया दिनुहोस