• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल : जनकपुरले लुम्बिनीलाई १ रनले हरायाे

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार चाैथाे जित हात पारेकाे छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएकाे खेलमा लुम्बिनी लायन्सलाई १ रनले हराउँदै जनकपुरले लगातार चाैथाे जित हात पारेकाे हाे । जनकपुरले लगातार चाैथाे जित हात पार्दा लुम्बिनीले भने लगातार चाैथाे हार ब्यहाेर्न वाध्य भएकाे छ ।

जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे जनकपुरले ९ विकेट गुमाएर १ सय ३६ रन बनाएकाे थियाे । जनकपुरका लागि कप्तान अनिल शाहले ४५, लाहिरु मिलान्थाले २४ रन र शुभ कंसाकारले नटआउट २२ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका अभिषेश गौतमले ३, कप्तान रोहित पौडेल र साद बिन जफरले समान २-२ तथा सन्दीप जोराले समान १ विकेट लिए । 

याेसँगै जनकपुरले ४ खेलबाट ६ अंक जाेडेकाे । समान खेलमा  लुम्बिनी अंकबिहीन छ ।

आजै दिउँसो १ बजे हुने अर्काे खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन् ।

प्रतिकृया दिनुहोस