• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल : आज जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा आज पनि दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलाे खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिष्पर्धा हुनेछ ।

जारी प्रतियाेगितामा जनकपुरले लगातार ३ जित निकाल्दा लुम्बिनीले भने लगातार ३ खेल हारेकाे छ ।

आजै दिउँसाे १ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन् । साे खेल पनि त्रिवि मैदानमै हुनेछ ।

सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाकाे शीर्ष स्थानमा छ । एक खेल गुमाएको चितवन ४ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस