एनपीएल : सुदूरपश्चिम विरुद्ध बलिङ गर्दै लुम्बिनी
काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले सुदूरपश्चिम राेयल्स विरुद्ध बलिङ गरिरहेकाे छ ।
सुदूरपश्चिम राेयल्ससँगकाे खेलमा लुम्बिनीका कप्तान राेहित पाैडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी छ ।
अहिलेसम्म खेलेका दुवै खेल जितेकाे सुदूरपश्चिम ४ अंकसहित अंक तालिकाकाे दाेस्राे स्थानमा छ । अहिलेसम्म खेलेका दुवै खेल हारेकाे लुम्बिनी अंकबिहीन हुँदै अंक तालिकाकाे पुछारमा छ ।
एनपीएलमा आजै दिउँसो १ बजे कर्णाली याक्स र विराटनगर किंग्सले खेल्दैछन् ।


प्रतिकृया दिनुहोस