• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल : आज पोखरा र जनकपुर तथा काठमाडौं र सुदूरपश्चिम भिड्दै

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मा आज पनि दुई खेल हुँदैछन् । 

पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स तथा दाेस्राे खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् । पहिलो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।  दाेस्राे खेल त्रिवि मैदानमै दिउँसाे १ बजे सुरु हुनेछ ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो खेलमा चितवन राईनोजसँग ८७ रनले पराजित भएकाे थियाे । अनिल साहको कप्तानीमा रहेको जनकपुरले पहिलो खेलमा विराटनगरलाई  र दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८-८ विकेटले हराएको थियाे । पाेखरा पहिलाे जितकाे खाेजीमा रहँदा जनकपुर लगातार तेस्राे जितकाे दाउमा रहनेछ ।

उता पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको काठमाडौंले दोस्रो खेलमा कर्णालीलाई ३ विकेटले हराएको थियो । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाई हराएकाे थियाे ।

प्रतिकृया दिनुहोस