• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

अस्ट्रेलियाका अलराउन्डर क्रिकेटर विलियम बोसिस्टो नेपालमा, कर्णाली याक्सबाट खेल्ने 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आइपुग्नु भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न विलियम नेपाल आउनुभएको हो । उहाँले कर्णाली याक्सबाट खेल्दै हुनुहुन्छ ।

उहाँलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच  राजु बस्नेत ले विमानस्थलमा स्वागत गर्नुभयो । 

३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ’ए’ र टी–२० प्रतियोगिता खेलिसक्नु भएको छ । उहाँले अस्ट्रेलियाको यु–१९ टोलीबाट पनि लामो समय क्रिकेट खेल्नु भएको थियो । प्रथम श्रेणीको क्रिकेटमा २८ खेल खेल्दै उहाँले कूल १ हजार १ सय ४ रन बनाउनुभएको छ । 

 

प्रतिकृया दिनुहोस