• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल : अनिलको अर्धशतकमा जनकपुरकाे लगातार दाेस्राे जित, कर्णाली ८ विकेटले पराजित

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेकाे छ ।

काठमाडाैंकाे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साेमबार भएकाे आफ्नाे दाेस्राे खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गरेकाे हाे ।

कर्णालीले दिएको १ सय ४२ रनको लक्ष्य जनकपुरले कप्तान अनिल साहकाे अर्धशतकीय पारीकाे मद्दतमा २ विकेट गुमाएर पूरा गर्‍याे । अनिलले नटआउट ६२ रन बनाए । आसिफ शेखले ३६, लाहिरु मिलान्थाले २४ र जिमी निसमले १६ रन बनाए । 

बलिङतर्फ कर्णाली जिसन मक्सुद र मौसम ढकालले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ राेजेकाे कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रन बनाएकाे थियाे । कर्णालीका लागि गुल्शन झाले ३६, अर्जुन घर्तीले ३३, कप्तान सोमपाल कामीले २९, शिखर धवनले १४ र बाबर हायतले १२ रन बनाए ।

बलिङतर्फ जनकपुरका मोहमम्मद मोसिन खानले २ तथा किशोर महतो, ललित राजवंशी, हर्ष र निशमले समान १-१ विकेट लिए ।

कर्णालीकाे पहिलाे खेल हाे भने जनकपुरकाे दाेस्राे । जनकपुरले यसअघि आफ्नाे पहिलाे तथा उद्घाटन खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराएकाे थियाे ।

प्रतिकृया दिनुहोस