• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल : काठमाडाैंलाई ५ विकेटले हराउँदै चितवनकाे विजयी सुरुआत

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजले विजयी सुरुआत गरेकाे छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साेमबार भएकाे आफ्नाे पहिलाे खेलमा काठमाडाैं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै चितवनले प्रतियाेगितामा विजयी सुरुआत गरेकाे हाे ।

काठमाडौंले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । चितवनका लागि सन्तोष कार्कीले २८ र ल्यूक मार्टिन बेनकेन्स्टाइले २२ रन बनाए ।

बलिङतर्फ काठमाडौंका शाहब आलमले सर्वाधिक ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । काठमाडौंका सुमित महर्जनले २९, माइकल लेभिट २५, ड्यान डौथवेट १९ र शंकर राना ११ रन बनाए ।

बलिङतर्फ चितवनका सोहेल तनवीरले ५ तथा कप्तान कुशल मल्ल, रिजन ढकाल, ल्यूक मार्टिन बेनकेन्स्टाइन र अमंरसिंह रौटेलाले समान १-१ विकेट लिए ।

आजै हुने अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन् ।

प्रतिकृया दिनुहोस