• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल : काठमाडाैंले चितवनलाई दियाे ११२ रनकाे लक्ष्य

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग क्रिकेट प्रतियाेगिता (एनपीएल) मा काठमाडाैं गुर्खाजले चितवन राइनोजलाई १ सय १२ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रन बनायाे ।

काठमाडौंका लागि सुमित महर्जनले २९, माइकल लेभिटले २५, डान डाउथवेटले नटआउट १९ र शंकर रानाले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

चितवनका सोहेल तान्विरले ३ विकेट लिए ।

प्रतिकृया दिनुहोस