• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

राष्ट्रपति रनिङ सिल्डमा विजयी विद्यार्थीलाई सम्मान 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाद्वारा आयोजित पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको जनता मावि कुभुकास्थलीका विद्यार्थी, खेल शिक्षक र अनुशासन इञ्चार्जलाई विद्यालयले सम्मान गरेको छ । 

खेलमा उमाकुण्ड–३ को सो विद्यालयले चार स्वर्ण, सात रजत र तीन कांस्य पदक सहित तृतीय स्थान हासिल  गरेको थियो । खेलका विजयी विद्यार्थी, खेल शिक्षक  र अनुशासन इन्चार्ज शिक्षक लगायतलाई विद्यालयले बधाई सहित प्रशंसा पत्र प्रदान गरेको छ । 

कार्यक्रममा उमाकुण्ड–३ का वडाध्यक्ष गुणकुमार थापा, उमाकुण्ड गाउँपालिका शिक्षा शाखा प्रमुख ङावा शेर्पा, उमाकुण्ड–३ का सम्पूर्ण विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, उमाकुण्ड–३ का विभिन्न विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । 

 

प्रतिकृया दिनुहोस