• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको मुख्य प्रायोजन गरेको छ ।

आइतबार काठमाडाैंमा आयाेजित कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएकाे हाे ।

हस्ताक्षर कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका मार्की तथा कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्स लगायतको उपस्थिति थियो । एनलेस एनपीलको पावर्ड बाई पार्टनरको रूपमा पनि छ ।  

लुम्बिनी लायन्सलाई फरच्युना हेल्थ केयर प्रालिले १ करोड ८६ लाख ४ रुपैयाँमा खरिद गरेको हो ।  

प्रतिकृया दिनुहोस